जेठ २२ गते भन्सार एजेन्टको लिखित परीक्षा हुने

काठमाडौं । जेठ २२ गते भन्सार विभागको करिब २० वर्ष पछि खुलाएको भन्सार एजेन्टको इजाजतपत्र (लाइसेन्स) को लिखित परीक्षा हुने भएको छ ।
आज सोमबार भन्सार विभागले एक सुचना निकाल्दै भन्सार एजेन्ट छनौटको लागि लिखित परिक्षा आगामी जेठ २२ गते दिउँसो १ बजे हुने जनाएको छ ।
विभागले भन्सार एजेन्टका लागि गएको चैत १६ गते आवेदन दिन आह्वान गरेको थियो ।