मुक्तिनाथ विकास बैंकले कमायो १ अर्ब नाफा, प्रतिशेयर आम्दानी कति पुग्ला ?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले १ अर्ब खुद नाफा कमाएको छ ।चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले गत सालको तुलनामा१ अर्बभन्दा बढी खुद नाफा कमाएको छ ।
बंैकले चालु आर्थिक वर्षको पहिलो ९ महिनामा बैंकले १ अर्ब ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४८.७५ प्रतिशत बढी हो। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ३२ करोड ३७ लाख रुपैयाँबाट बढेर ८२ करोड ८७ लाख रुपैयाँ पुगेको छ ।
त्यस्तै बैंकको खुद ब्याज आम्दानी ११.८२ प्रतिशतले उकालो लागेको छ । भने सञ्चालन मुनाफा पनि ४७.३० प्रतिशतले उकालो लागेको छ ।त्यस्तैगरी बैंकको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ३ पैसाले बढेको छ ।