बैंक तथा वित्तीय संस्थालाई कोरोना न्यूनीकरण गर्न राष्ट्र बैंकको ९ बुँदे निर्देशन « Arthapath.com
२ जेष्ठ २०८२, शुक्रबार

बैंक तथा वित्तीय संस्थालाई कोरोना न्यूनीकरण गर्न राष्ट्र बैंकको ९ बुँदे निर्देशन



काठमाडौं । कोरोना भाइरसको जोखिम बढेपछि नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरुलाई जोखिम न्यूनीकरण र सुरक्षित सेवाप्रवाहका लागि निर्देशन जारी गरेको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले पूर्ण सजगताका साथ कारोबार सञ्चालन गर्न इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरूलाई नौँ बुँदे निर्देशन जारी गरेको हो ।

राष्ट्र बैंकले निर्देशनमा ‘क’ देखि ‘घ’ वर्गसम्मका बैंक तथा वित्तीय संस्थाहरूलाई

१. नेपाल सरकार र विश्व स्वास्थ्य संगठनको स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्डको पालना गरी सेवा प्रवाहमा प्रत्यक्ष सम्पर्कमा रहने जनशक्ति तथा सेवाग्राहीमा संक्रमणको जोखिम न्यूनीकरण गर्न आवश्यक उपाय अवलम्बन गर्न ।

२. सेवाग्राहीको भिडभाड नहुने तथा भौतिक दूरी कायम हुने ब्यवस्था मिलाई सेवा प्रवाह गर्ने । साथै, सेवाग्राहीको आवत–जावत सकेसम्म कम कम हुनेगरी बैक तथा वित्तीय संस्थाले प्रदान गर्न प्रोत्साहीत गराउने ।

३. बैंक तथा वित्तीय संस्थाद्वारा संचालित एटिएम बुथहरुबाट हुन सक्ने संक्रमण जोखिम न्यूनीकरण गर्न ढोका खुला राखी स्यानिटाइज र टिस्यू पेपरको व्यवस्था गर्ने ।

४. बैंक तथा वित्तीय संस्थाबाट संचालन गरिने बैठक, गोष्ठी, सेमिनार, तालिम जस्ता कार्यक्रमहरुमा भौतिक दूरी सुनिश्चित गर्ने तथा सम्भव भएसम्म यस्ता कार्यक्रम भर्चुअल माध्ययमबाट गर्ने व्यवस्था मिलाउने ।

५. कर्मचारीहरुमा हुन सक्ने संक्रमण तथा संस्थाको व्यावसायिक निरन्तरतालाई मध्यनजर गर्दै संक्रमणको जोखिम न्यून हुने गरी सेवा प्रवाह गर्ने । कर्मचारीहरुलाई समूहमा विभाजन गरी समूह समूहबीच प्रत्यक्ष सम्पर्क नहुने गरी कार्य वातावरण निर्माण गर्ने । यसका लागि आवश्यकताका आधारमा Remote Access, Work From Home, Shift-wise लगायतका उपाय अवलम्बन गर्न सकिने ।

६. कर्मचारीहरुमा संक्रमणको शंका लागेमा अविलम्ब परीक्षण गर्ने व्यवस्था गर्ने र संक्रमण देखिएका कर्मचारीलाई Isolation गर्ने तथा Contact Tracing मा परेका कर्मचारीलाई Quarantine गर्ने व्यवस्था गर्ने ।

७. बैंक तथा वित्तीय संस्थालाई कौभिड–१९ सम्बन्धी समस्याको सहजीकरण र सम्पर्कका लागि कोभिड–१९ सुरक्षा व्यवस्थापन समूह (Covid-19, Safety Management Team (C-SMT)) गठन गर्न निर्देशन दिइएकोमा सो समूहलाई सक्रिय रुपमा परिचालन गर्ने ।

८. समुदाय स्तरमा कोभिड–१९ को संक्रमण फैलिई महामारीको विशेष अवस्था आइपर्न सक्ने परिस्थितिलाई समेत आकलन गरी बैंक तथा वित्तीय संस्थाका अत्यावश्यकीय कार्यको निरन्तरताको लागि विस्तृत कार्ययोजना सहितको Contingency Plan लाई समयानुकूल अद्यावधिक गर्ने ।

९. यस बैंकबाट कोमिड–१९ को संक्रमण जोखिम न्यूनीकरण गरी सेवा सुचारु गर्ने सम्बन्धमा रण गरी यस अघि जारी गरिएका निर्देशनहरु परिपालना गर्ने गराउने व्यवस्था मिलाउने ।


प्रतिक्रिया दिनुहोस्