प्रुडेन्सियल इन्स्योरेन्सले डाक्यो साधारण सभा, ८.४२ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित हुने

काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्स कम्पनिले १९ औं वार्षिक साधारण सभा डाकेको छ । हिजो बसेको सञ्चालक समितिको बैठकले जेठ २ गते साधारण सभा डाकेको हो ।कम्पनिको साधारण सभा बिहान ११ बजे, बाराको होटल इच्छा, सिमारामा बस्ने छ ।
साधारण सभाले चुक्ता पुजीको ८ प्रतिशत बोनस शेयर र त्यस प्रयोजनको लागि ०.४२ प्रतिशत गरी कुल ८.४२ प्रतिशत लाभांश वितरण गर्न प्रस्ताव पारित गर्ने कम्पनिले जनाएको छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले बैशाख १९ गतेदेखि जेठ २ गतेसम्म बुक क्लोज गर्ने छ ।
बोनस वितरण पछि कम्पनीको चुक्ता पूँजी १ अर्ब १० करोड ८५ लाख रुपैयाँ पुग्नेछ ।
