शुक्रबार २५ सय भन्दा बढीमा कोरोना संक्रमण, सक्रिय संक्रमितको संख्या १४ हजार नाघ्यो

काठमाडौं । शुक्रबार पछिल्लो २४ घण्टामा थप २५ सय ५९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ९४ हजार ६०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै वितेको २४ घण्टामा ४ सय १० जना निको भएका छन । यो संगै नेपालमा हालसम्म कोरोना निको हुनेको संख्या २ लाख ७६ हजार ७५५ पुगेको छ । त्यस्तै सोही समयमा ५ जनाले कोरोनाबाट ज्यान गुमाएका छन । यो संगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३ हजार १२२ पुगेको छ ।
कूल ९ हजार ६६४ जनाको परीक्षण गर्दा पीसीआर विधिबाट २४४९ तथा एन्टिजेन विधिबाट ११० जनामा संक्रमण पुष्टि भएको हो । हाल नेपालमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ रहेको छ । यसमध्ये ५२ जना आईसीयूमा १७० तथा ५९ जना भेन्टिलेटरमा रहेका वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।