आरएमडीसी लघुवित्तको ४ लाख बढि शेयर बिक्रीमा, यसरी दिनुहोस आवेदन ?

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेड संस्थापक तर्फको
शेयर विक्री खुल्ला गरेको छ । कम्पनिले संस्थापक तर्फको ४ लाख ५८ हजार ३५५ कित्ता शेयर बिक्री खुला गरेको हो ।
उक्त शेयर एन आई एशिया बैंकको स्वामित्वमा रहेको छ ।
कम्पनिले प्रति कित्ता रु.४३७ मूल्य तोकी शेयर बिक्री गर्न लागेको हो ।कम्पनिको शेयरमा बैशाख २० गतेसम्म आवेदन दिन सकिन्छ ।
आवदेन दिन इच्छुकले बोलपत्र एन आई सी एशिया क्यापिटल लिमिटेडको कार्यालय बबरमहल काठमाडौंमा बुझाउन सक्ने छन ।