नेपाल इन्भेष्टमेण्ट बैंकको १ करोड भन्दा बढी बोनस सेयर सेयरधनीको खातामा « Arthapath.com
१२ बैशाख २०७८, आईतवार

नेपाल इन्भेष्टमेण्ट बैंकको १ करोड भन्दा बढी बोनस सेयर सेयरधनीको खातामा



काठमाडौं । नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस सेयर शेयरधनीको खातामा जम्मा भएको छ । बैंकको गत आर्थिक वर्षको बोनस सेयर सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएको हो । बैंकले १३ प्रतिशत अर्थात १ करोड ८८ लाख ८३ हजार ७ सय ८५ कित्ता शेयर सेयरधनीको खातामा जम्मा गरेको हो ।

सञ्चालक समितिले १३ प्रतिशत बोनस सेयर शेयरधनीलाई वितरण गर्ने प्रस्ताव पेश गरेको थियो ।उक्त प्रस्ताव गत माघ ८ गते सम्पन्न बैंकको ३४ औँ वार्षिक साधारण सभाबाट पारीत भएके थियो ।

सोही अनुरुप बैंकले आर्थिक वर्ष २०७६÷७७ को १३ प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरेको हो ।


प्रतिक्रिया दिनुहोस्