एनसीसी बैंकको ९४ हजार ४०६ कित्ता सेयर बिक्री खुला, कसले किन्न पाउँछन् ?

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंकको संस्थापक सेयर बिक्रीमा खुला गरिएको छ । बैंकको संस्थापक समुहका मानांक इन्भेष्टमेन्ट प्रा.लि.का. नाममा रहेको ९४ हजार ४०६ कित्ता सेयर बिक्री खुला गरिएको हो ।
सूचना यस्तो छः
यस बैंकको संस्थापक समुहका शेयरधनी श्री मानांक इन्भेष्टमेन्ट प्रा. लि. ले आफ्नो नाममा दर्ता कायम रहेको संस्थापक शेयर मध्ये ९५,४०६ कित्ता संस्थापक शेयर बिक्री गर्न आवश्यक स्वीकृतिको लागि संचालक समिति, समक्ष निवेदन पेश गर्नु भएकाले नेपाल राष्ट्र बैंकको विद्यमान एकीकृत निर्देशन बमोजिम संस्थापक समूहको शेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक समूहका शेयरधनीहरुलाई नै दिनुपर्ने व्यवस्था अनुरूप उक्त शेयर खरिद गरी लिन ईच्छुक संस्थापक समूहका शेयरधनीहरुलाई यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस बैंकको बागबजार काठमाण्डौ स्थित शेयर शाखामा लिखित निवेदन सहित सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । साथै यस सूचनाको म्यादभित्र संस्थापक शेयरधनीबाट उल्लेखित शेयर खरिद गर्न कुनै प्रस्ताव नआएको अवस्थामा प्रस्तावित अन्य खरिदकर्तालाई उक्त संस्थापक शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाईने व्यहोरा समेत जानकारीको लागि अनुरोध गरिन्छ ।