प्रभु बैंकको नाफा २ अर्ब १० करोड, सञ्चालन मुनाफा ४६.८५ प्रतिशत बढ्यो, अन्य सूचकमा चम्कियो « Arthapath.com
३ जेष्ठ २०८२, शनिबार

प्रभु बैंकको नाफा २ अर्ब १० करोड, सञ्चालन मुनाफा ४६.८५ प्रतिशत बढ्यो, अन्य सूचकमा चम्कियो



काठमाडौं । प्रभु बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा खुद नाफा २ अर्ब १० करोड ९६ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकले १ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ आर्जन गरेको थियो । गत आवको तुलनामा ४४.०८ प्रतिशत बढी हो ।

बैंकले खुद ब्याज आम्दानी ६.६० प्रतिशत बढेर ३ अर्ब ८३ करोड ५३ लाख रुपैयाँ आर्जन गरेको छ । त्यस्तै, सञ्चालन मुनाफा ४६.८५ प्रतिशत बढेर ३ अर्ब ५ करोड ६४ लाख रुपैयाँ, वितरणयोग्य मुनाफा १ अर्ब ५९ करोड ३९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको प्रतिशेयर आम्दानी ४ रुपैयाँ ९० पैसा बढेर २४ रुपैयाँ ७९ पैसा पुगेको छ । बैंकको मूल्य आम्दानी अनुपात १८.७६ गुणा रहेको छ । प्रतिशेयर नेटवर्थ १५२ रुपैयाँ ८६ पैसा रहेको छ ।

बैंकको चुक्ता पूँजी १० प्रतिशत बढेर ११ अर्ब ३४ करोड ७० लाख रुपैयाँ, जगेडा कोष १८.२५ प्रतिशत बढेर ५ अर्ब ९९ करोड ८१ लाख रुपैयाँ, निक्षेप २७.२२ प्रतिशत बढेर १ खर्ब ६३ अर्ब ७८ करोड १० लाख रुपैयाँ र कर्जा ३५.१२ प्रतिशत बढेर १ खर्ब ३४ अर्ब ३० करोड ३७ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्