सोमबार उपत्यकामा थपिए १९१२ कोरोना संक्रमित

काठमाडौँ । सोमबार उपत्यकामा थप १९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँका १५६७ जना, भक्तपुरका १२२ जना र ललितपुरका २२३ जना गरी १९१२ जना कोरोना संक्रमित भेटिएका थप भएका हुन ।
सोमबार मात्रै देशभर ३५६५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ लाख ३ हजार ५६१ पुगेको छ ।
त्यसैगरी वितेको २४ घण्टामा थप १२ जनाले ज्यान गुमाएका छन ।