स्वरोजगार लघुवित्तको नाफामा छलाङ, ९१.६९ प्रतिशतले बढ्यो, १३ रुपैयाँ ५८ पैसा बढ्यो प्रतिसेयर आम्दानी

कठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको नाफा करिब २ गुणा बढेको छ । लघुवित्तकोे चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ११ करोड २६ लाख रुपैयाँ खुद नाफा आर्जन भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब २ गुणा अर्थात ९१.६९ प्रतिशत बढी हो ।
कम्पनिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद ब्याज आम्दानी पनि ३७.५४ प्रतिशतले उकालो लागेको छ ।त्यस्तै कम्पनिको अन्य सञ्चालन आम्दानी २४.८० प्रतिशत बढेको छ । सञ्चालन मुनाफा ४२.३४ प्रतिशत बढेको छ ।
खुद नाफा २ गुणाले बढेको कम्पनिको प्रतिशेयर आम्दानी पनि उकालो लागेको छ । समीक्षा अवधिमा लघुवित्तको प्रतिशेयर आम्दानी १३ रुपैयाँ ५८ पैसा बढेर ३६ रुपैयाँ ५२ पैसा पुगेको छ । चैत मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ १४० रुपैयाँ १९ पैसा पुगेको छ भने मूल्य आम्दानी अनुपात ४०.८८ गुणा रहेको छ ।
लघुवित्तको चुक्ता पूँजी २०.३९ प्रतिशतले उकालो लागेको छ । भने जगेडा कोष ६०.३७ प्रतिशत बढेको छ । कम्पनिको निक्षेप ४४.१६ प्रतिशत र कर्जा ५५.५३ प्रतिशत बढेको छ ।