मंगलबार हरियाली छाएको नेप्सेमा बुधबार सामान्य अंकले करेक्सन, कारोबार रकम घटेर ४ अर्ब रुपैयाँ

काठमाडौं । बुधबार नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) परिसूचक घटेको छ । कोरोना संक्रमण दर दैनिक बढि रहेको र बैंक तथा वित्तीय संस्थाले सार्वजनिक गरेको त्रेस्रो त्रैमासको वित्तीय विवरणले नेप्सेमा प्रभाव पारेको विश्लेषकहरुले बताएका छन् ।

भोलिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लाग्ने भएपछि यसले पनि नेप्सेमा प्रभाव पारेको बताइएको छ । बुधबार नेप्से परिसूचक १३.७९ अंकले घटेर २५८५.२८ विन्दुमा बन्द भएको छ । लगातारको ओरालो लागेको नेप्से मंगलबार हरियाली छाएको थियो तर बुधबार फेरि नेप्से घटेको हो । मंगलबार दिनभरिमा २१५ कम्पनीको ८९ लाख ६५ हजार ५८८ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ९९ करोड ४ लाख ३१ हजार रुपैयाँको कारोबार भएको छ ।
त्यस्तै, बुधबार ब्यापार समूहको ९.१५, उत्पादन समूह ५४.६५ र अन्य समूह १७.७१ अंकले हरियाली छाएर बढेको छ भने जीवन बीमा समूह १४९.११ र निर्जीवन बीमा समूह १०४.८४ अंकले घटेको छ ।
