गरिमा विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त « Arthapath.com
१५ बैशाख २०७८, बुधबार

गरिमा विकास बैंकले १ अर्ब रुपैयाँको ऋणपत्र निष्काशन गर्दै, बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल नियुक्त



काठमाडौं । एनआईबिएल एस क्यापिटल लिमिटेडलाई गरिमा विकास बैंक लिमिटेडको गरिमा ऋणपत्रको निष्काशनको लागि निष्काशन तथा बिक्री प्रबन्धकको लागि नियुक्त गरिएको छ ।

बैंकले १ हजार रुपैयाँ अंकित दरको १० लाख कित्ताले हुन आउने १ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने छ । गरिमा विकास बैंकले २०६४ साल श्रावण २२ मा कम्पनी ऐन, २०६३ अन्तर्गत समावेशीकरण गरेको थियो र बि.स.२०६४ आश्विन २४ मा आफ्नो वित्तीय कारोबार गर्नको लागि नेपाल राष्ट्र बैंक बाट इजाजतपत्र प्राप्त गरेको थियो ।

बैंकले २०६४ कात्तिक १८ मा स्याङजा बाट वित्तीय कारोबारहरु सुरु गर्याे । बैंकले २०७४ चैत्र २७ मा आफ्नो केन्द्रिय कार्यालय महेन्द्रपुल, पोखरा, कास्कीबाट लाजिम्पाट काठमाण्डौंमा सारेको हो । हाल बैंकको ३४ जिल्लामा १०६ शाखा कार्यालयहरु संचालित छन् ।

उक्त सम्झौतामा गरिमा विकास बैंक लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्द प्रसाद ढकाल र एनआईबिएल एस क्यापिटल लिमिटेडको तर्फबाट नायव प्रमुख कार्यकारी अधिकृत मेख बहादुर थापा र सहायक महाप्रबन्धक सचिन्द्र ढुंगानाले बैशाख १५ गते हस्ताक्षर गरेका हुन् ।


प्रतिक्रिया दिनुहोस्