एनआईबिएल समृद्धि फन्ड–२ मा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

एनआईबिएल समृद्धि फन्ड–२ मा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । एनआईबिएल म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने एनआईबिएल समृद्धि फन्ड–२ का इकाइहरु खरिदका लागि आवेदन दिने आज (वैशाख १६ गते) अन्तिम दिन रहेको छ ।

१० रुपैयाँ अंकित दरका कुल १२ करोड इकाइ गत सोमबारबाट बिक्री खुला गरिएको हो । कुल इकाइमध्ये १० लाख इकाइ योजना व्यवस्थापक एनआईबिएल एस क्यापिटल तथा न्यूनतम २ करोड ३० लाख इकाइ कोद्ध प्रवद्र्धक नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेडका लागि सुरक्षित राखिएको छ । बाँकी ९ करोड ६० लाख इकाइमा सर्वसाधारणले खरिद आवेदन पेस गर्न सक्नेछन् ।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाइ तथा अधिकतममा १ करोड २० लाख इकाइसम्म खरिदका लागि आवेदन पेस गर्न सक्नेछन्। लगानीकर्ताले काठमाण्डौ लाजिम्पाटस्थित एनआईबिएल एस क्यापिटलको कार्यालय वा काठमाण्डौको दरबारमार्गस्थित नेपाल इन्भेस्टमेन्ट बैंकको कार्यालय तथा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्बा तथा सि–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखमा कार्यालयहरुमा दरखास्त पेस गर्न सक्नेछन्।


प्रतिक्रिया दिनुहोस्