लकडाउन लागेसँगै सुनचाँदीको मूल्य उकालो लाग्यो, कतिमा हुँदैछ कारोबार ? « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

लकडाउन लागेसँगै सुनचाँदीको मूल्य उकालो लाग्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । बिहीबारदेखि लकडाउन लागेको छ । काठमाडौं उपत्यकासहित देशका विभिन्न शहरहरुमा कोरोना रोकथाम तथा नियन्त्रण गर्न लकडाउन जारी गरेको छ । लकडाउनको अवधिमा बजार ठप्प रहेको छ । तर पनि सुनको मूल्य बढिरहेको छ । लकडाउन लागेसँगै सुनको मूल्य बढेको हो ।

बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार तेजावी सुनको मूल्य तोलामा ३ सय रूपैयाँले नै बढेर प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भईरहेको छ । बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय १५ रूपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्