बिहीबार नेप्सेमा २ कम्पनीको १० लाख ५४ हजार कित्ता सेयर सूचीकृत « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

बिहीबार नेप्सेमा २ कम्पनीको १० लाख ५४ हजार कित्ता सेयर सूचीकृत



काठमाडौं । समता लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत र गुडविल फाइनान्स लिमिटेडको ८.४ प्रतिशत गरी कूल २८.४ प्रतिशत बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । यी कम्पनीको नेप्सेमा १० लाख ५४ हजार २३३.६ कित्ता सेयर सूचीकृत भएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा संस्थाको २० प्रतिशत बोनस सेयर अर्थात ३ लाख ८२ हजार २३३.६० कित्ता सेयर नेपाल सूचीकृत भएको हो ।

त्यस्तै, गुडविल फाइनान्स लिमिटेडको ८.४ प्रतिशत अर्थात ६ लाख ७२ हजार कित्ता बोनस सेयर सूचीकृत भएको हो ।


प्रतिक्रिया दिनुहोस्