लकडाउनमा पनि नेप्से २५.८२ अङ्कले बढ्यो, साढे ५ अर्बका कारोबार « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

लकडाउनमा पनि नेप्से २५.८२ अङ्कले बढ्यो, साढे ५ अर्बका कारोबार



काठमाडौं । साताको अन्तिम दिन नेप्सेमा हरियाली छाएको छ । कोरोना रोकथाम तथा नियन्त्रण गर्न देशका विभिन्न स्थानमा लकडाउन जारी गरेको छ । सम्पूर्ण क्षेत्र बन्द भएतापनि नेप्से भने खुला गरिएको छ । 

कोरोना रोकथाम तथा नियन्त्रण गर्न जारी गरिएको लकडाउनले नेप्सेमा प्रभाव पार्न अनुमान गरिएको थियो तर त्यसको उल्टो भएको छ । बिहीबार नेप्से २५.८२ अङ्कले बढेर २६११.१० अङ्कमा बन्द भएको छ । बिहीबार दिनभरिमा २१७ कम्पनीको ९८ लाख १८ हजार कित्ता किनबेच हुँदा ५ अर्ब ३५ करोड ७० लाख १९ हजार रुपैयाँको कारोबार भएको छ । 

बिहीबार होटेल तथा पर्यटन २७.७७ अंक र इन्भेष्टमेन्ट समूह ०.११ अंकले राताम्य भएको छ भने अन्य सबै समूहमा हरियाली छाएको छ । बिहीबार जीवन बीमा १४२.८८ अङ्कले सर्वाधिक बढेको छ । त्यस्तै, ट्रेडिङ समूह १२६.५४ अङ्कले बढेको छ । 


प्रतिक्रिया दिनुहोस्