निषेधाज्ञाको पहिल्लो दिन निषेधाज्ञा उल्लंघन गर्ने १९ सय सवारी साधन होल्ड

काठमाडौं । कोरोना महामारीको दोसो लहर फैलिए संगै उपत्यकामा आज विहान ६ बजेबाट निषेधाज्ञा गरिएको छ । निषेधाज्ञा उल्लङ्घन गर्ने करिब १९ सय वटा सवारीसाधन आज प्रहरीको नियन्त्रणमा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ । पक्राउ परेकालाई आज दिनभरी होल्ड गरेर राखिएको महाशाखाले जनाएको छ ।
सवारी पासविना नै चलेका १ हजार ३५५ वटा मोटरसाइकल ३८१ वटा साना जिप÷कारहरु र १८४ वटा ठूला सवारीसाधनलाई प्रहरीले नियन्त्रण गरेको महाशाखाका प्रवक्ता श्यामकृष्ण अधिकारीले बताएका छन ।
उनीहरुलाई बेलुका ७ बजे छोडीने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जानकारी दिएको छ ।