कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय आइएसआइएन अंक प्रदान « Arthapath.com
१६ बैशाख २०७८, बिहीबार

कामना सेवाको ऋणपत्रलाई अन्तराष्ट्रिय स्तरको परिचय आइएसआइएन अंक प्रदान



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र (KSBBL Debenture, 2087) ले अन्तराष्ट्रिय स्तरको परिचय अंक International Securities Identification Number (ISIN) प्राप्त गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ । ९% कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र) लाई NPE068A1101 को ISIN प्रदान गरिएको छ ।

वि.स. २०७७ साल माघ २२ गते बिहीबार निष्काशन तथा बिक्री खुल्ला गरिएको ऋणपत्रले बैशाख १५ मा उक्त अंक प्राप्त गर्न सफल भएको छ । उक्त परिचय अंक अन्तराष्ट्रिय स्तरमा ऋणपत्र, बन्ड, स्टक आदि जस्ता धितोपत्र सहज तरिकाले पहिचान गर्न मद्दत गर्छ । ISIN ऋणपत्रहरुलाई सजिलो र स्पष्ट रुपमा क्लियरिङ्ग र फुकुवा गर्न प्रदान गरिन्छ ।


प्रतिक्रिया दिनुहोस्