एनआईसी एशिया क्यापिटलमा ३ लाख ७० हजारभन्दा बढी डिम्याट खाता खोली नम्बर १ कम्पनी बन्न सफल « Arthapath.com
१७ बैशाख २०७८, शुक्रबार

एनआईसी एशिया क्यापिटलमा ३ लाख ७० हजारभन्दा बढी डिम्याट खाता खोली नम्बर १ कम्पनी बन्न सफल



काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले मर्चेण्ट बैंकिङ्ग क्षेत्रमा सफल मर्चेट बैंकरको रुपमा आफ्नो नाम स्थापित गर्न सफल भएको छ । मर्चेण्ट बैंकिङ्ग ब्यवसायमा तिब्र प्रतिशप्रधा रहनु तथा कोरोना महामारीका कारण सिर्जित असहज अवस्था, अर्थतन्त्रमा आएको अस्थिरता, आर्थिक गतिविधिमा आएको कमी जस्ता विषम परिस्थितिका बाबजुद पनि क्यापिटलले आ.व. २०७७/०७८ को तेस्रो त्रैमाससम्म क्यापिटलको समग्र व्यवसायमा उत्साहजनक बृद्धि भएको छ ।

हाल क्यापिटलले एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत तीन वटा योजनाहरु संचालन गरिरहेको छ । जस अन्तर्गत दुईवटा बन्दमुखी योजनाहरु “एन आई सी एशिया ग्रोथ फण्ड” र “एन आई सी एशिया ब्यालेन्सड् फण्ड” तथा एउटा खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” संचालन गरिरहेको छ । चौथो रु.१ अर्व बराबरको योजना “एन आई सी एशिया सेलेक्ट–३०” (इन्डेक्स फण्ड) नेपाल धितोपत्र बोर्डमा अन्तिम स्वीकृतिको चरणमा रहेको छ । “एन आई सी एशिया ग्रोथ फण्ड” तथा “एन आई सी एशिया ब्यालेन्सड् फण्ड”ले संचालनमा आएको पहिलो वर्ष देखि नै नगद लाभाशं वितरण गर्न सफल भएको छ । ग्रोथ फण्डले पहिलो वर्ष १० प्रतिशत र दोश्रो वर्ष १२ प्रतिशत गरि हाल सम्म २२ प्रतिशत लाभाशं वितरण गरिसकेको छ भने ब्यालेन्सड् फण्डले संचालनमा आएको पहिलो वर्षको आठ महिनाको अवधिमै ८ प्रतिशत लाभाशं वितरण गर्न सफल भएको छ । उक्त लाभाशं वितरण पश्चात समेत आ.व. २०७७/७८ को तेस्रो त्रैमासको अन्तमा “एनआईसी एशिया ग्रोथ फण्ड” को खुद सम्पत्ति मूल्य १७.८६ र “एनआईसी एशिया ब्यालेन्सड् फण्ड” को खुद सम्पत्ति मूल्य १६.५५ तथा पहिलो खुलामुखी योजना “एन आई सी एशिया डाईनामिक डेप्ट फण्ड” को खुद सम्पत्ति मूल्य ११.०९ कायम गर्न सफल भएको छ ।

क्यापिटलले आ.व. २०७७/०७८ को तेस्रो त्रैमाससम्म लगानी व्यवस्थापन सेवा अन्तर्गत “मेरो लगानी, मेरो भविष्य” भन्ने मूल नाराका साथ ग्राहकमुखी तथा नवीनतम विभिन्न योजनाहरु संचालन गरी ४६६ जना ग्राहकहरुबाट रु.१ एक अर्व १५ करोड भन्दा बढी रकम संकलन गरी लगानी व्यवस्थापन सेवा उपलब्ध गराइएको छ । हालको बजार मुल्यको आधारमा गणना गर्दा उक्त रकम रु.१ अर्व ५४ करोड भन्दा बढी रहेको छ । जुन गत वर्षको सोही अवधीको तुलनामा १०५.५४ प्रतिशतले बृद्धि हो । हाल क्यापिटलले लगानी व्यवस्थापन सेवा अन्तर्गत Income Guaranteed Fund, Priority Services, Share clinic जस्ता विशेष योजनाहरु संचालन गरिरहेको छ ।

क्यापिटलले निक्षेप सदस्य सेवा अन्तर्गत देशको सम्पूर्ण भू–भागमा बसोबास गर्ने आम जनतामाझ डिम्याट खाताको पहँुच सहज र सर्वसुलभ तरिकाबाट पुर्याउने मुख्य उद्देश्यका साथ विगतका वर्ष देखि नै “एक नेपाली, एक डिम्याट खाता” अभियान संचालन गरिरहेको छ । क्यापिटलले “एक नेपाली, एक डिम्याट खाता” अभियानलाई सहज र सर्वसुलभ रुपमा आम जनता माझ पु¥याउन एन आई सी एशिया बैंक लिमिटेडको देशभर छरिएर रहेका ३५२ शाखा कार्यालयहरू तथा ७५ वटा विस्तारित काउण्टरबाट समेत डिम्याट खाता खोल्ने, शेयरको अभौतिकीकरण गर्ने लगायतका निक्षेप सदस्यबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु सहजै रुपमा उपलब्ध गराउने व्यवस्था मिलाएको छ ।

साथै, पछिल्लो समयमा डिम्याट खाता खोल्दा लामो समय लाग्ने र उपत्यका बाहिरबाट डिम्याट खाता खोल्न निकै असहज भईरहेको जनगुनासो बारम्बार आईरहेको हुँदा क्यापिटलले नेपालको जुनसुकै भू–भागबाट समेत अनलाईन मार्फत डिम्याट खाता खोल्ने ग्राहकहरुलाई १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने व्यवस्था मिलाइसकेको छ । क्यापिटलले तेस्रो त्रैमाससम्म ३ लाख ७० हजारभन्दा बढी डिम्याट खाता खोली डिम्याट खाता संख्याको आधारमा नम्बर १ कम्पनी बन्न सफल भएको छ । जसको कारण क्यापिटलले समग्र बजारको १०.८६ प्रतिशत हिस्सा ओगटन सफल भएको छ । हाल क्यापिटलले एक नेपाली, एक डिम्याट खाता अभियानको साथै, ४ वर्षको नविकरण शुल्क भुक्तानी गर्दा ५ वर्षसम्म डिम्याट खाता नविकरण हुने, DIS शेयर कारोवार गर्दा डिपिले लिने शुल्कमा Cash Back Offer, अनलाईन मार्फत डिम्याट खाता खोल्दा १ घण्टा भित्र निःशुल्क डिम्याट खाता उपलब्ध गराउने लगायतका योजनाहरु संचालन गरिरहेका छ ।

क्यापिटलले संस्थागत परामर्श सेवा अन्तर्गत SME’s अर्थात साना तथा मझौला उद्यमीहरुलाई कोरोनाबाट पर्न गएको असरलाई न्युनीकरण गरि उनिहरुको व्यवसायलाई पुनरुद्धार गर्नको लागि “Covid Revival Strategy” नामक संस्थागत परामर्श सेवा प्रदान गदैं आई रहेको छ । उक्त सेवा अन्तर्गत Resilient Business Plan, Business Re-modeling & Reengineering, Valuation, APT Market Research Services, Cash Vs Profit Strategy, Capital Budgeting, Favorable Loan and Financing Assistance & Other Tailormade Corporate Advisory Services जस्ता सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

क्यापिटलले मर्चेण्ट बैंकिङ्ग सेवा अन्तर्गत आ.व. २०७७/७८ को चैत्र मसान्तसम्म ९ वटा कम्पनीको शेयर रजिष्ट्रार सम्बन्धी सेवा प्रदान गर्दै आइरहेको छ । निष्कशन तथा बिक्री प्रबन्ध सेवा अन्तर्गत हाल सम्म ६ वटा कम्पनीको प्राथमिक शेयर निष्काशन, ४ वटा कम्पनीको हकप्रद शेयर निष्काशन र १२ वटा कम्पनीको बोलकबोल मार्फत शेयर बिक्री गर्ने कार्य सम्पन्न गरेको छ ।

क्यापिटलले चालू आ.व. २०७७/७८ को तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार क्यापिटलले ५ करोड ४८ लाख खुद मुनाफा आर्जन गरी प्रति शेयर आम्दानी रु.३६.५७ कायम गर्न सफल भएको छ । जुन गत वर्षको सोही अवधिको तुलनामा ७१ प्रतिशतले बढी हो ।

हाल पूनः विश्वव्यापी माहमारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाइरसको दोश्रो लहरको संक्रमण देशव्यापी रुपमा दिन प्रतिदिन फैलिरहेको सन्दर्भमा तथा आगामी दिनहरुमा समेत सोही प्रकृतिका अन्य महामारीको अवस्थामा क्यापिटलबाट प्रवाह हुने सेवालाई नियमित रुपमा संचालन गरी ग्राहकहरुलाई नीजहरुको आवश्यकता र चाहना अनुसारको सेवा उपलब्ध गराउनको लागि क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवालाई डिजिटलाईज गरि अनलाईन मार्फत सहज र सर्वसुलभ रुपमा सेवा प्रवाह गर्ने रणनीति लिएको छ । सोही अनुरुप हाल क्यापिटलले डिम्याट खाता र मेरो शेयर खाताको नविकरण भुक्तानी, खुलामुखी योजनाको इकाईको खरिद पूनखरिद अनलाईन मार्फत गर्न सकिने व्यवस्था मिलाईसकिएको र डिम्याट खाता तथा मेरो शेयर खाता अनलाई मार्फत खोल्न मिल्ने व्यवस्था मिलाईएको छ । साथै आगामी दिनमा लगानी व्यवस्थापन सेवा, संस्थागत परामर्श सेवा, खुलामुखी योजनाको इकाईको खरिद बिक्री लगायतका क्यापिटलबाट प्रदान गरिने सम्पूर्ण सेवाहरुलाई डिजिटलाईज रुपमा अनलाईन मार्फत गर्दै लैजाने रणनीति लिएको छ ।

साथै, पछिल्लो समयमा क्यापिटलबाट सेवा लिने ग्राहकहरुको संख्या बढेसंगै क्यापिटलबाट प्रदान गरिने सेवालाई छिटो छरितो बनाई ग्राहकको आवश्यकता र चाहना अनुसार सेवा उपलब्ध गराउने मुख्य उद्देश्यका साथ काठमाण्डौ उपत्यका भित्र किर्तिपुर, चावहिल र अनामनगर काठमाण्डौमा शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गरेको छ । साथै निकट भविष्यमा काठमाण्डौ उपत्यका बाहिरबाट समेत शाखा कार्यालय खोली क्यापिटलको सेवा विस्तार गर्ने रणनीति लिएको छ ।

.


प्रतिक्रिया दिनुहोस्