शुक्रबार सुनचाँदीको मूल्य ओरालो लाग्यो, ९ सय रुपैयाँले घटेर तोलामा ९० हजार तल झर्यो « Arthapath.com
१७ बैशाख २०७८, शुक्रबार

शुक्रबार सुनचाँदीको मूल्य ओरालो लाग्यो, ९ सय रुपैयाँले घटेर तोलामा ९० हजार तल झर्यो



काठमाडौं । शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ८५० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूलय तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भईरहेको छ ।

बिहीबार सुनको मूल्य तोलामा ३ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलामा ३ सय रूपैयाँले बढेर प्रतितोला ९० हजार ३ सय रूपैयाँमा कारोबार भएको थियो । बिहीबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले बढेर प्रतितोला १३ सय १५ रूपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्