नेप्सेमा १ करोड ७३ लाख १३ हजार कित्ता शेयर सूचीकृत
काठमाडौं । यस सातामा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा १ करोड ७३ लाख १३ हजार ८५४ कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेमा सिंगटी हाइड्रो इनर्जीको आईपीओसहित ४ कम्पनीको शेयर सूचीकृत भएको हो ।
१. नेपाल स्टक एक्स्चेञ्जमा सिंगटी हाइड्रो इनर्जी लिमिटेडको १ करोड ४५ लाख कित्ता सर्वसाधारण शेयर नेप्सेमा सूचीकृत भएको हो ।
२. नेप्सेमा मंगलबार मल्टीपर्पस फाइनान्स लिमिटेडको १७ लाख ५९ हजार ६ सय २१ कित्ता हकप्रद शेयर सूचीकृत भएको हो । कम्पनीले संस्थापक समूहको १७ लाख ५९ हजार ६ सय २१ कित्ता शेयर लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेको थियो ।
३. समता लघुवित्त वित्तीय संस्था लिमिटेडको २० प्रतिशत बोनस शेयर अर्थात ३ लाख ८२ हजार २३३.६० कित्ता शेयर नेपाल सूचीकृत भएको हो ।
४. गुडविल फाइनान्स लिमिटेडको ८.४ प्रतिशत अर्थात ६ लाख ७२ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो ।