शुक्रबार ५६ सयमा कोरोना संक्रमण, ३३ जनाले ज्यान गुमाए,९२८ जना निको भए « Arthapath.com
१७ बैशाख २०७८, शुक्रबार

शुक्रबार ५६ सयमा कोरोना संक्रमण, ३३ जनाले ज्यान गुमाए,९२८ जना निको भए



कठमाडौं । शुक्रबार पघिल्लो २४ घण्टामा थप ५६ सय २७ जनामा संक्रमण पुष्टि भएको छ । यो सँगै देशभर कोरोना संक्रमितको कुल संख्या ३ लाख २३ हजार १८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ३९१ पीसीआर परीक्षणमा ५,६५७ जना र ५२५ जनाको एन्टिजेन परीक्षणबाट गरिएको थियो ।

पछिल्लो २४ घण्टामा मात्रै ९२८ जना निको भएका छन् । यो संगै निको हुनेको संख्या २ लाख ८१ हजार ९५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ३३ जनाको ज्यान गुमाएका छन । यो संगै ज्यान गुमाउनेको कुल संख्या ३ हजार २८९ पुगेको छ ।हाल देशभर ३८ हजार ८१३ सक्रिय संक्रमित रहेका छन ।

शुक्रबार मात्रै उपत्यकामा थपिए २९५६ कोरोना संक्रमित
शुक्रबार पछिल्लो २४ घण्टामा २९५६ कोरोना संक्रमित थपिएका छन ।जसमा काठमाडौंमा दुई हजार ४०४, ललितपुरमा ४१९ र भक्तपुरमा १३३ गरी २९५६ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।


प्रतिक्रिया दिनुहोस्