रु रु जलविद्युतको ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा सूचीकृत, ओपनिङ रेञ्ज कति ?

काठमाडौं । रु रु जलविद्युत परियोजना लिमिटेडको साधारण शेयर (आईपीओ) नेप्सेमा सूचीकृत भएको छ । नेप्सेमा आइतबार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
कम्पनीले सर्वसाधारणका लागि ४ लाख ७ हजार ७०६ कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दालाई ४ लाख ७ हजार ७०५ कित्ता र कम्पनीका संस्थापकहरुले लगानी गरेको ३२ लाख ६१ हजार ६४४ कित्ता शेयर गरी कूल ४० लाख ७७ हजार ५५ कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।
सोमबारदेखि कारोबारमा आउने कम्पनीको शेयर (आईपीओ)को न्युनतम ११८ रुपैयाँ ८४ पैसा देखि ३५६ रुपैयाँ ५२ पैसा ओपनिङ्ग रेज्न तोकिएको छ । कम्पनीको शेयरलाई आरयुआरयु (RURU) कारोबार संकेत दिएको छ ।
