एभरेष्ट इन्स्योरेन्सले ८ प्रतिशत लाभांश पारित गर्न साधारण सभा बोलायो, अन्य एजेण्डा यस्ता छन्

काठमाडौं । एभरेष्ट इन्स्योरेन्स कम्पनीले २६ औं वार्षिक साधारणसभा बोलाएको छ । कम्पनीले जेठ २ गते सोमबार कम्पनीको केन्द्रिय कार्यलयमा दिँउसो २ बजे साधारण सभा बोलाएको हो ।
सभामा हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । बोनस शेयरको कर प्रयोजनका लागि ४६ लाख १४ हजार रुपैयाँ नगद लाभांसको प्रस्ताव पारित गर्नेछ । बोनस शेयर वितरण पछि चुक्ता पूँजी एक अर्ब १८ करोड रुपैयाँ पुग्नेछ ।
सभामा निर्जीवन बीमा व्यवसाय गर्ने उपयुक्त कम्पनीसँग गाभ्ने–गाभिने तथा मर्जरको लागि सञ्चालक समितिलाई अख्तियारी दिनेछ । साधारणभाले आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदन उपर छलफल गर्नुका साथै पारित गर्ने कार्यक्रम रहेको छ ।