नेशनल माइक्रोफाइनान्सको नाफामा ११८.९० प्रतिशतले छलाङ, प्रतिसेयर आम्दानी दोब्बरले बृद्धि १०४ रुपैयाँ पुग्यो

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा २४ करोड ९१ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिको तुलनामा ११८.९० प्रतिशत बढि नाफा आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा ११ करोड ३८ लाख २५ हजार रुपैयाँ आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा खुद ब्याज आम्दानी १०५.९८ प्रतिशतले बढेर ४५ करोड ५७ लाख ७७ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा २२ करोड १२ लाख ६८ हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो ।
यस अवधिमा फाइनान्सको सञ्चालन मुनाफा ११८.९० प्रतिशतले बढेर ३९ करोड ५४ लाख पुगेको छ । यस अवधिमा फाइनान्सको चुक्ता पूँजी ३१ करोड ९४ लाख रुपैयाँ, जगेडा कोष ३८ करोड ३७ लाख ६९ हजार रुपैयाँ रहेको छ ।
गत आर्थिक बर्षको सोहि अवधिमा प्रतिसेयर आम्दानी ५७ रुपैयाँ ४८ पैसामा रहेकोमा यस बर्ष बढेर प्रतिसेयर आम्दानी १०३ रुपैयाँ ९८ पैसा पुगेको छ । प्रतिशेयर नेटवर्थ २२० रुपैया १२ पैसा रहेको छ ।
यो अवधिमा संस्थाले ४ अर्ब ६७ करोड रुपैयाँ सापटी लिई ७ अर्ब ३६ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले २ अर्ब ४१ करोड रुपैयाँ सापटी लिई ४ अर्ब १५ करोड रुपैयाँ कर्जा परिचालन गरेको थियो ।