सोमबार सुनको मूल्य ४ सय रुपैयाले बढ्यो, हिजो स्थिर रहेको चाँदी आज बृद्धि भयो

काठमाडौं । सोमबार छापावाल सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छ । त्यस्तै, चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर प्रतितोला १३ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ सय रुपैयाँले बढेर प्रतितोला ९० हजार रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, तेजावी सुनको मूल्य तोलामा ५० रुपैयाँले बढेर प्रतितोला ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेर प्रतितोेला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार छापावाल सुनको मूल्य तोलामा ९ सय रुपैयाँले घटेर प्रतितोला ८९ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको मूल्य तोलामा ८५० रुपैयाँले घटेर प्रतितोला ८९ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूलय तोलामा २० रुपैयाँले घटेर प्रतितोला १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।