प्रिमियर इन्स्योरेन्सको नाफा ५२.०६ प्रतिशतले बढ्यो, बीमा शुल्क आर्जन ५९ करोड ८२ हजार रुपियाँ पुग्यो « Arthapath.com
२० बैशाख २०७८, सोमबार

प्रिमियर इन्स्योरेन्सको नाफा ५२.०६ प्रतिशतले बढ्यो, बीमा शुल्क आर्जन ५९ करोड ८२ हजार रुपियाँ पुग्यो



काठमाडौं । प्रिमियर इन्स्योरेन्सको नाफा ५२.०६ प्रतिशतले बढेको छ । इन्स्योरेन्सले २८ करोड ९६ लाख २० हजार रुपियाँ खुद नाफा कमाएको छ । गत वर्षको यसैअवधिमा कम्पनीले १९ करोड ४ लाख ५४ हजार रुपियाँ नाफा आर्जन गरको थियो । यो गत वर्षको तुलनामा ५२.०६ प्रतिशतले बढेको हो ।

कम्पनिले सार्वजनिक गरेको चालु आर्थिक वर्षको वित्तिय विवरण अनसुार चैत मसान्तसम्म आइपुग्दा कम्पनिल ५९ करोड ८२ हजार रुपियाँ बीमा शुल्क आर्जन गरेको छ । अघिल्लो वर्ष कम्पनिले ५२ करोड ९६ लाख ४५ हजार रुपियाँ खुद बीमा शुल्क आर्जन गरेको थियो । यो गत वर्षको तुलनामा ११.४१ प्रतिशतले बढेको हो ।

त्यस्तैगरी कम्पनिको चैत मसान्तसम्म आइपुग्दा प्रतिशेयर आम्दानी १२ रुपियाँ ३१ पैसाले बढेर वार्षिक ३५ रुपियाँ ९४ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ २१० रुपियाँ २२ पैसा छ । त्यस्तै बीमा कोषको आकार पनि ३७.१९ प्रतिशतले बढेर ८१ करोड ५ लाख ४ हजार रुपियाँ पुगेको छ । अघिल्लो वर्ष यसको बिमा कोषमा ५९ करोड ७ लाख ५९ हजार रुपियाँ थियो ।


प्रतिक्रिया दिनुहोस्