हकप्रद जारी गर्न अपि पावरलाई धितोपत्र बोर्डले दियो अनुमति

काठमाडौं । धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई दोश्रो चरणको हकप्रद जारी गर्न अनुमति दिएको छ । कम्पनिलाई बार्डले आज १ बराबर ०.२९३८ को अनुपातमा अर्थात २९.३८ प्रतिशत हकप्रद जारी गर्न अनुमति दिएको छ ।
कम्पनिले बोर्डको अनुमति पाएसँगै एक सय रुपैयाँ दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५६ लाख ७० हजार कित्ता हकप्रद सेयर निष्काशन गर्ने छ ।
कम्पनीको चुक्ता पुँजी १ अर्ब ९२ करोड ९८ लाख रुपैयाँ रहेको छ । २९.३८ प्रतिशत हकप्रद जारी गरेपछि कम्पनीको चुक्ता पुँजी एक अर्ब ९३ करोड रुपैयाँ नाघ्ने छ ।कम्पनिको बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।