समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबारमा आउने « Arthapath.com
२० बैशाख २०७८, सोमबार

समता घरेलु लघुवित्तको २८ लाख ५६ हजार कित्ता सेयर नेप्सेमा सूचीकृत, मंगलबारदेखि कारोबारमा आउने



काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा समता घरेलु लघुवित्तको नाममा कम्पनीको सेयर सूचीकृत भएको छ । समता लघुवित्त वित्तीय संस्था र घरेलु लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएपछि कायम शेयर नेप्सेमा सूचीकृत भएको छ ।

मर्जरपश्चात बनेको समता घरेलु लघुवित्तको नाममा कम्पनीको २८ लाख ५६ हजार २०१.६० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेको बैशाख २० गतेको निर्णयले मर्जर प्रयोजनको लागि रोक्का गिरिदिएको संस्थाको सेयर कारोबार फुकुवा गरिदिएको हो । सेयरधनीले भोलि (बैशाख २१ गतेदेखि) संस्थाको सेयर किनबेच गर्न पाउने छन् ।


प्रतिक्रिया दिनुहोस्