मंगलबार नेप्सेमा ३ लाख २२ हजार बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ ।
कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई २.८५ प्रतिशत बोनस वितरण गरेपश्चात मंगलबार कम्पनीको ३ लाख २२ हजार ८१४ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
