प्रतिनिधि सभा बैठक अघि सांसदहरुको पिसिआर परीक्षण गरिने « Arthapath.com
२१ बैशाख २०७८, मंगलवार

प्रतिनिधि सभा बैठक अघि सांसदहरुको पिसिआर परीक्षण गरिने



काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्नुअघि सांसदको पीसिआर परिक्षण गरिने भएको छ । आज संघीय संसद सचिवालयले एक सुचना जारी गदै २७ गते बैठक बस्नुअघि सांसदको पिसिआर परीक्षण गरिने जानकारी दिएको छ ।

उनीहरुको पिसिआर परिक्षण गर्नको लागि वैशाख २२ र २३ गते वानेश्वरस्थित संसद भवन परिसरमै गर्न उक्त पत्रमा उल्लेख गरिएको छ ।

सचिवालयका अनुसार २२ गते प्रतिनिधि सभाका सभामुख र राष्ट्रिय सभाका अध्यक्षसहित सबै सांसद र संसद कर्मचारीको स्वाब संकलन गरिने छ । भने २३ गते मर्यादापालक र सांसदका स्वकीय सचिवसहित बैठकमा जाने पत्रकारको स्वाब संकलन गर्ने संघीय संसद सचिवालयले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्