रिलायन्स फाइनान्सको साधारण सभाद्वारा १०.५३ प्रतिशत लाभांश पारित, उपयुक्त कम्पनीसँग मर्ज हुने « Arthapath.com
२२ बैशाख २०७८, बुधबार

रिलायन्स फाइनान्सको साधारण सभाद्वारा १०.५३ प्रतिशत लाभांश पारित, उपयुक्त कम्पनीसँग मर्ज हुने



काठमाडौं । रिलायन्स फाइनान्स लिमिटेडको ११ औँ वार्षिक साधारणसभा बुधबार सम्पन्न भएको छ । आज सम्पन्न भएको कम्पनीको वार्षिक साधारणसभाले कुल १०.५३ प्रतिशत लाभांश पारित गरेको छ । कम्पनीको सभाले १० प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५३ प्रतिशत गरी कूल १०.५३ प्रतिशत लाभांश पारित गरेको हो । संस्थाको हालको चुक्तापुँजी ८३ करोड २४ लाख १६ हजार ६३ रुपैयाँ रहेको छ ।

सभाले बोनस सेयर जारीपछि प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पारित गरेको छ । सभाले अन्य उपयुक्त बैंक, विकास बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने वा प्राप्ति गर्ने विशेष प्रस्ताव सञ्चालक समितिलाई पूर्ण अख्तियार गरेको छ ।


प्रतिक्रिया दिनुहोस्