२२ बैशाख २०७८, बुधबार

एनसीसी बैंकको संस्थापक शेयर विक्रीमा,क-कस्ले दिन पाउने छन् आवेदन ?



काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले संस्थापक शेयर विक्रि गर्न लागेको छ ।बैंकले एक सुचना जारी गदै एक लाख ८२ हजार ८ सय ४२ कित्ता संस्थापक समूहको शेयर बिक्री गर्ने लागेको जानकारी दिएको छ ।


बैंकले जारी गरेको सुचनामा नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको बागबजार, काठमाडौँस्थित सेयर शाखामा आइपुग्ने गरि निवेदन दिन पर्ने उल्लेख गरिएको छ ।

त्यस्तै यस अवधिमा संस्थापक शेयरधनिबाट शेयर खरिद गर्न कुनै प्रस्ताव नआएमा प्रस्तावित अन्य खरिदकर्तालाई संस्थापक शेयर विक्रि गर्न प्रक्रिया अघि बढाइने बैंकले उक्त सुचना मार्फत जानकारी दिएको छ ।
यस्तो छ बैकले जारी गरेको सुचना :


प्रतिक्रिया दिनुहोस्