अरुण भ्यालीको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन « Arthapath.com
२ जेष्ठ २०७८, आईतवार

अरुण भ्यालीको ५० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम दिन



काठमाडौं । अरुण भ्यालीको हकप्रद सेयरमा आवेदन दिने समय आज अन्तिम दिन रहेको छ । अरुण भ्याली हाइड्रोपावरको हकप्रदमा आवेदन दिने एक साता समय थप गर्दै जेठ २ गते सम्म पुर्याएको हो । यस अघि कम्पनीले बैशाख ६ गते देखि बैशाख २६ गतेसम्म आवेदन दिने समय तोकेको थियो । कम्पनीले कोरोना भाइरसको कारण विषम परिस्थिति सिर्जना भएको भन्दै हकप्रदमा आवेदन दिने समय एक साता थप गरेको हो ।

अरुण भ्याली हाइड्रोपावर डेभलपमेण्ट कम्पनी लिमिटेडको ५० प्रतिशत हकप्रद सेयर आज (जेठ २ गते, आइतबार) अन्तिम दिन रहेको छ । अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले वैशाख ६ गतेबाट हकप्रद सेयर बिक्री खुल्ला गरेको हो । कम्पनीले १ः०.५ को अनुपातमा प्रतिसेयर १०० रूपैयाँ अंकित दरमा ५२ लाख ४१ हजार १ सय ९७ सय कित्ता हकप्रद सेयर जारी गरेको हो ।

कम्पनीको उक्त हकप्रद सेयरमा निष्कासन तथा बिक्री प्रबन्धकको काम मुक्तिनाथ क्यापिटल लिमिटेडले गर्ने छ ।

कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रयोजनका लागि चैत्र ९ गते १ दिनका लागि बुक क्लोज गरेको थियो । त्यसैले, चैत्र ८ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले मात्र उक्त हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्