एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर आजदेखि लिलामीमा, क-कसले दिन पाउछन् आवेदन ?

काठमाडौं । एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको नागरिक लगानी कोषको संस्थापक शेयर आजबाट लिलामीमा विक्री खुला भएको छ ।बैंकले आफनो स्वामित्वमा रहेको नागरिक लगानी कोषको ३ लाख ५० हजार ३६९ कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।
कम्पनिको शेयरको न्यूनतम मूल्य रू. १ हजार ३६६ तोकिएको छ । आवेदकले तोकिएको मूल्य वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्न सक्ने बैंकले जनाएको छ ।
उक्त शेयर खरीदका लागि बोलकबोल गर्दा न्यूनतम १०० कित्ता वा सो भन्दा माथि १० ले भाग जाने गरी अधिकतममा सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था रहेको छ । शेयर खरीद गर्न प्रचलित कानून बमोजिम योग्य लगानीकर्ताले जेठ २७ गतेसम्म बोलपत्र पेश गर्न सक्ने कम्पनिले जनाएको छ ।
कम्पनीको शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ ।