एनआइसी एसियालाई १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड जारी गर्न बोर्डको अनुमति « Arthapath.com
३ जेष्ठ २०७८, सोमबार

एनआइसी एसियालाई १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड जारी गर्न बोर्डको अनुमति



काठमाडौं । नेपाल धितोपत्र बोर्डले एनआइसी एसिया क्यापिटललाई म्युचुअल फन्ड जारी गर्न अनुमति दिएको छ । एनआइसी एसिया क्यापिटलले १ अर्ब रुपैयाँ बराबरको म्युचुअल फन्ड जारी गर्न धितोपत्र बोडबाट अनुमति पाएको हो ।

क्यापिटलले ‘एनआइसी एसिया सेलेक्ट–३०’ को १० करोड इकाई बिक्री गर्ने भएको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँको दरले १० करोड इकाईमध्ये न्यूनतम १ करोड ५० लाख इकाई कोष प्रबद्र्धक एनआईसी एशिया बैंक लिमिटेडलाई सुरक्षित राखी बाँकी न्युनतम ८ करोड ५० लाख इकाई सर्वसाधारणलाई बिक्री गर्नेछ ।

क्यापिटलले जारी फण्ड बन्दमुखी योजना हो । एनआईसी एशिया क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको छ ।


प्रतिक्रिया दिनुहोस्