६ अर्बको ऋणपत्र बिक्री नगर्दै कृषि विकास बैंक ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति माग्दै बोर्ड पुग्यो « Arthapath.com
४ जेष्ठ २०७८, मंगलवार

६ अर्बको ऋणपत्र बिक्री नगर्दै कृषि विकास बैंक ४ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्न अनुमति माग्दै बोर्ड पुग्यो



काठमाडौं । कृषि विकास बैंकले ऋणपत्र जारी गर्ने भएको छ । बैंकले ४ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डमा आवेदन दिएको हो । कृषि विकास बैंक लिमिटेडले ४ प्रतिशत एग्रिकल्चर बोण्ड नाममा ४ अर्ब रूपैयाँ बराबरको ४० लाख कित्ता ऋणपत्र जारी गर्न बैशाख १३ गते निवेदन दिएको हो ।

बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ४० लाख इकाई ऋणपत्र बिक्री गर्न लागेको हो । जसमध्ये १६ लाख इकाई सर्वसाधारण र बाँकी २४ लाख इकाई संघसंस्थालाई बिक्री गर्नेछ । ऋणपत्रले वार्षिक ४ प्रतिशत ब्याजदरमा ८–९ वर्ष अवधिको कृषि डिबेन्चर नाममा ऋणपत्र जारी गर्न लागेको हो । बैंकको ऋणपत्र बिक्री प्रबन्धकमा एनआइबीएल एस क्यपिटल रहेको छ । अब नेपाल धितोपत्र बोर्डले अनुमति दिएपछि बिक्री प्रक्रिया अघि बढ्नेछ ।

बैंकले ६ अर्ब रुपैयाँको ऋणपत्र बिक्री गर्न केहि समय अघि बोर्डबाट अनुमति पाएपनि खुला भने गरेको छैन । बैंकले प्रतिइकाई १ हजार रुपैयाँ दरमा ६० लाख इकाई ऋणपत्र बिक्री गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको हो । जसमध्ये २४ लाख इकाई सर्वसाधारण र बाँकी ३६ लाख इकाई संघसंस्थालाई बिक्री गर्नेछ । यस ऋणपत्रमा वार्षिक ४ प्रतिशत ब्याजदर पाइनेछ । बैंकले ७ वर्ष अवधिको कृषि विकास बैंक डिबेन्चर २०८४’ नाममा ऋणपत्र जारी गर्न अनुमति पाएपनि बिक्री खुला भने गरेको छैन । यो ऋणपत्रको बिक्री प्रबन्धकमा पनि एनआइबीएल एस क्यपिटल नै रहेको छ ।


प्रतिक्रिया दिनुहोस्