नागरिक लगानी कोषको नाफामा ५६.०४ प्रतिशतले छलाङ्ग, प्रतिशेयर आम्दानी कति ?

काठमाडौं । नागरिक लगानी कोषको नाफा ५६.०४ प्रतिशतले बढेको छ । कम्पनिले चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा ५९ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो गत वर्षको तुलनामा ५६.०४ प्रतिशतले उकालो लागेको हो ।
कोषले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार नाफा संगै कुल आम्दानि पनि उकालो लागेको छ ।समीक्षा अवधिमा कोषको कुल आम्दानी ४०.५७ प्रतिशत उकालो लागेको हो ।
त्यसैरी कोषको चुक्ता पूँजी १२३.०८ प्रतिशत उकालो लागेर ३ अर्ब रुपैयाँ पुगेको छ । भने कुल खर्च १.९६ प्रतिशतले बढेको छ । त्यसैगरी सबै सुचकमा सकारात्मक परिवर्तन भएको कम्पनिको प्रतिशेयर आम्दानी भो ११ रुपैयाँ ३१ पैसा घटेको छ ।