सुनचाँदीको मूल्य निरन्तर उकालो लाग्यो, आज एकैदिन सुन ६ सय र चाँदी ३५ रुपैँयाले बढ्यो

कठमाडौं । सुन चाँदीको मुल्य लगातार उकालो लाग्न थालेको छ ।आज मंगलबार पनि सुन ६ सयले बढेर प्रतितोला ९३ हजार ४०० रुपैयाँ कायम भएको छ । त्यस्तै तेजाबी सुन प्रतितोला ९२ हजार ९०० रुपैयाँ कामय भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यसैगरी आज चाँदी एकैदिन ३५ रुपैयाँले बढेको छ । आज प्रतितोला ३५ रुपैयाँले वृद्धि भएर एक हजार ३९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।
त्यसैगरी हिजो सोमबार सुन तोलामा ३ सयले बढेर प्रतितोला ९२ हजार ८०० रुपैयाँमा र तेजाबी सुन ९२ हजार ३०० रुपैयाँमा कामय भएको थियो ।हिजो चाँदी प्रतितोला ५ रुपैयाँले वृद्धि हुँदै एक हजार ३५५ रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी साताको पहिलो दिन आइतबार ९ सयले बढेर ९२ हजार ५ सयमा कारोबार भएको थियो । तेजावी सुन तोलामा ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।त्यसैगरी चाँदी २० रुपैँयाले बढेर प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भएको थियो ।
शुक्रबार छापावाला सुन प्रतितोला ९१ हजार ६०० रुपैयाँ, तेजावी ९१ हजार १०० रुपैयाँ र चाँदी तोलाको १ हजार ३३० रुपैयाँमा कारोबार भएको थियो ।