पैसा जम्मा गर्नुहोस्ः प्रभु क्यापिटलले भोलिदेखि १० करोड कित्ता बिक्री खुला गर्दै « Arthapath.com
४ जेष्ठ २०७८, मंगलवार

पैसा जम्मा गर्नुहोस्ः प्रभु क्यापिटलले भोलिदेखि १० करोड कित्ता बिक्री खुला गर्दै



काठमाडौं । प्रभु क्यापिटलले म्युचुअल फण्ड जारी गर्ने भएको छ । प्रभु क्यापिटलले भोलि (जेठ ५ गते) देखि सामुहिक लगानी कोषको इकाई बिक्री गर्ने कम्पनीले जनाएको छ । प्रभु म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने प्रभु सेलेक्ट फण्डको प्राथमिक जारी गर्ने भएको हो । नेपाल धितोपत्र बोर्डले बैशाख १३ गते प्रभु सेलेक्ट फण्डको निष्कासनका लागि स्वीकृति दिएको हो ।

यो योजनाको कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमूखि योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ८० देखि १०० प्रतिशत सम्म शेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटि ओरिएण्डेड योजना हो ।

निष्काशित कुल १० करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १ करोड ४० लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले १० लाख इकाई गरी कूल १ करोड ५० लाख ईकाई सुरक्षित गरिएको छ । बाँकी ८ करोड ५० लाख इकाईका लागि सर्वसाधरणले जेष्ठ ५ गतेबाट आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा इच्छुक लगानीकर्ताले छिटोमा जेष्ठ ९ गतेसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा जेष्ठ १५ गतेसम्म इकाई बिक्री खुला रहने क्यापिटलले बताएको छ ।

७ वर्षे अवधि रहेको यो सामुहिक लगानी योजना बन्दमुखी योजना हो । उक्त इकाई भोलि (जेठ ५ गते) बाट बिक्री खुला गरिनेछ । लगानीकर्ताले उक्त इकाईमा छिटोमा ९ गते र र ढिलोमा जेठ १५ गतेसम्म आवेदन दिन सक्नेछन् । लगानीकर्ताले उक्त इकाईमा कम्तिमा १०० र बढिमा ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् । इकाईको अंकित मूल्य १० रुपैयाँ छ । इकाईको परिपक्व हुने अवधि ७ वर्ष रहेको छ ।


प्रतिक्रिया दिनुहोस्