प्राइम कमर्सियल बैंकद्वारा १ सय वटा अक्सिजन सिलिण्डर सहयोग « Arthapath.com
१० जेष्ठ २०८२, शनिबार

प्राइम कमर्सियल बैंकद्वारा १ सय वटा अक्सिजन सिलिण्डर सहयोग



काठमाडौं । कोरोना संक्रमण दैनिक रुपमा बढिरहेको छ । देशभरि अक्सिजनको अभाव भैरहेको छ । निषेधामा प्राइम कमर्सियल बैंक लिमिटेडले अस्पतालहरुलाई सहयोग गरेको छ ।

सेती प्रादेशिक अस्पताल धनगढीलाई ६० वटा अक्सिजन सिलिन्डर र महाकाली अस्पताल महेन्द्रनगरलाई ४० वटा अक्सिजन सिलिन्डर गरी कूल १ सय वटा अक्सिजन सिलिण्डर प्रदान गरेको बैंकले जनाएको छ ।

त्यस्तै, निषेधाज्ञाले गर्दा मर्कामा परेका दैनिक ज्याला मजदुरी गर्ने तथा बिभिन्न आश्रममा आश्रितहरुलाई दाल, चामल लगायत खाद्यान्न बितरण गरी सहयोग पु्याउँदै आएको छ ।


प्रतिक्रिया दिनुहोस्