१५.७८ प्रतिशत लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले बोलायो साधारण सभा « Arthapath.com
६ जेष्ठ २०७८, बिहीबार

१५.७८ प्रतिशत लाभांश पारित गर्न सिद्धार्थ इन्स्योरेन्सले बोलायो साधारण सभा



काठमाडौं । सिद्धार्थ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ । इन्स्योरेन्सको जेठ ५ गते बसेको संचालक समितिको बैठकले कम्पनीको साधारणसभा जेठ २८ गते शुक्रबार बोलाएको हो ।

सभामा सञ्चालक समितिले प्रस्ताव गरेबमोजिम हाल कायम रहेको चुक्ता पूँजीको सेयरधनीहरुलाई १२ प्रतिशतले हुन आउने १२ करोड रुपैयाँको बोनस सेयर जारी गर्ने प्रस्ताव रहेको छ । चैत्र ११ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ सहित ३.७८ प्रतिशत नगद लाभांश गरी कुल १५.७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

त्यस्तै, सभामा संचालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित नाफा नोक्सान हिंसाब, नगद प्रवाह विवरण र नाफा–नोक्सान हिसाब, सञ्चालकको बैठक भत्ता पुनरावलोकन र नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गरिनेछ । त्यस्तै, आर्थिक वर्ष २०७७–०७८ को लेखापरीक्षणको लागि लेखापरीक्षकको नियुक्ति गरी र निजको पारिश्रमिक निर्धारण गरिनेछ ।

 सभा गर्न जेठ १४ गतेदेखि बुक क्लोज हुने भएकाले जेठ १३ गतेसम्म कायम रहने सेयरधनीले माात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्