प्रभु इन्स्योरेन्सको सधारण सभाले १०.५३ प्रतिशत लाभांश पारित गर्यो « Arthapath.com
६ जेष्ठ २०७८, बिहीबार

प्रभु इन्स्योरेन्सको सधारण सभाले १०.५३ प्रतिशत लाभांश पारित गर्यो



काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडको २५ औँ वार्षिक साधारण सभा बिहीबार सम्पन्न भएको छ । काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा भर्चुअल माध्यमबाट शुरु भएको साधारण सभाले विभिन्न निर्णय गरेको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई १० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.५३ प्रतिशत नगद गरि कूल १०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७६–०७७ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरेको छ । त्यस्तै, आर्थिक वर्ष २०७६–०७७ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिउको । त्यस्तै, आर्थिक वर्ष २०७७–०७८ को लागि लेखापरीक्षक नियुक्ती गरी पारिश्रमिक तोकिएको छ ।

त्यस्तै सभाले कम्पनीको प्रबन्धपत्रको दफा ३ मा कम्पनीको उद्देश्यअन्तर्गत ‘सामूहिक लगानी कोष योजना सञ्चालन गर्ने, गराउने’ थप गर्ने विशेष प्रस्ताव पनि पारित गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्