६० करोड रुपैयाँको आईपीओ जारी गर्न अनुमति माग्न सानिमा लाइफ धितोपत्र बोर्ड पुग्यो

काठमाडौं । सानिमा लाइफले सर्वसाधारणलाई प्राथमिक शेयर (आईपीओ) जारी गर्न अनुमति माग्दै नेपाल धितोपत्र बोर्ड (सेवोन) मा निवेदन दिएको छ । इन्स्योरेन्सले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको आईपीओ जारी गर्न बोर्डमा निवेदन दिएको हो । इन्स्योरेन्सले सर्वसाधारणलाई प्राथमिक शेयर आईपीओ ६० करोड रुपैयाँ बराबरको ६० लाख कित्ता शेयर जारी गर्नेछ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आईपीओ जारीपश्चात चुक्ता पूँजी २ अर्ब रुपैयाँ पुग्नेछ ।
कम्पनीको प्राथमिक शेयर निष्काशन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ । कम्पनीको आईपीओले केयर रेटिङ नेपालले मध्यम किसिमको सुरक्षाको संकेत गर्ने ‘केयरएनपि आइआर ट्रिपल बि माइनस’ प्राप्त गरेको छ ।
इन्स्योरेन्सले आईपीओ जारी गर्ने प्रस्तावसहित तेस्रो वार्षिक साधारणसभा जेठ २३ गते आइतबार कम्पनीको केन्द्रिय कार्यलय कमलादी, काठमाडौंमा बिहान ११ बजे साधारण सभा बोलाएको छ ।