एक्सेल डेभलपमेण्ट बैकको स्वामित्वमा रहेका तीन कम्पनीको लिलामी शेयरमा आवेदन दिने आज अन्तिम दिन, यसरी दिनुहोस आवेदन ?
काठमाडौं । आज जेठ ९ गते ३ कम्पनिको शेयरमा आवेदन दिने अन्तिम दिन हो । एक्सेल डेभलपमेण्ट बैंकको स्वामित्वमा रहेको आरएमडिसी लघुवित्त वित्तीय संस्थाको ५ हजार ७७० कित्ता, ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको २५ हजार २०० कित्ता र यूनाइटेड इन्स्योरेन्सको ९४ हजार ६३९ कित्ता संस्थापक शेयरमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनिले वैशाख १६ गतेबाट आफ्नो स्वामित्वमा रहेको ३ कम्पनिको शेयर लिलामीमा विक्री खुल्ल्ला गरेको हो । इच्छुक लगानिकर्ताले आज कार्यालय समयभित्र आरएमडिसीको न्यूनतम शेयर मूल्य प्रतिकित्ता ४९८ रुपैयाँ, ग्रामीण विकास लघुवित्तको ४०० रुपैयाँ र यूनाइटेड इन्स्योरेन्सको ३२१ रुपैयाँ कायम गरिएको हुँदा सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्न सक्ने कम्पनिले जनाएको छ ।
कम्पनिको विक्री प्रबन्धक प्रभु क्यापिटल कमलादी र एक्सेल डेभलपमेण्ट बैकको केन्द्रीय कार्यालय विर्तामोड, झापाबाट आवेदनकर्ताले पनि आवेदन दिन सक्नेछन ।