मध्यावधि निर्वाचनलाई नेप्सेकाे स्वागत, नयाँ रेकर्ड कायम गर्दै हालसम्म कै उच्च विन्दुकाे काराेवार

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले आईतबार नयाँ रेकर्ड कायम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गरेसँगै नेप्सले यसको स्वागत गरेको देखिन्छ । यसअघि लगानीकर्ताले गठबन्धनको सरकार बन्छ की भन्ने अनुमान गरेकाले नेप्से सामान्य गिरावट आएको थियो । अब मध्यावधि निर्वाचन हुने भएपछि नेप्से पनि बढेको हो । गठबन्धनको सरकारले राजनीतिक अस्थिरता कायम गर्ने भएकाले स्थिर सरकार कायम गर्न चुनाव घोषणा गरिएको छ । जसको स्वागत नेप्सले आइतबार गरेको छ ।
नेप्से परिसूचक दोहोरो अंकले बढेर हालसम्म कै उच्च बिन्दु कायम गरेको छ । यो नेप्सेका लागि नयाँ रेकर्ड हो । आइतबार नेप्से परिसूचक ३२.८१ अंकले बढेर २८२० अंकमा बन्द भएको छ । यो हालसम्म कै उच्च विन्दु हो, जुन नयाँ रेकर्ड हो । यसअघि गत साताको मंगलबार (जेठ ४ गते) नयाँ रेकर्ड कायम गरेको थियो । उक्त दिन २७९३.८१ अंकमा कन्द भएर नयाँ रेकर्ड कायम गरेको थियो । आइतबार उक्त रेकर्ड तोड्दै नयाँ रेकर्ड कायम गरेको नेप्सेले जनाएको छ ।
यो सँगै नेप्सको कारोबारमा उछाल आएको छ । कारोबारमा भने थोरै रकमले रेकर्ड ब्रेक भने गर्न सकेको छैन् । आइतबार दिनभरिमा २२० कम्पनीको २ करोड ५१ लाख ६३ हजार ६६० सेयर कित्ता १ लाख २६ हजार १२४ पटक किनबेच हुँदा ११ अर्ब ६९ करोड ५० लाख ३४ हजार ७२८ रुपैयाँको कारोबार भएको छ । यसअघि ११ अर्ब ९५ करोड रुपैयाँको कारोबार भएको थियो ।
आइतबार ट्रेडिङ समूह ४१.८८ अंक, इन्भेष्टमेन्ट समूह ०.०९ अंक, जीवन बीमा समूह ६१.६३ अंक, म्यानुफ्क्ट्रचरीङ एण्ड प्रो.समूह ७.४८ अंक, हाइड्रो पावर समूह ४४.२० अंक, बैंकिङ समूह ३३.२९ अंक, फाइनान्स समूह १०४.५५ अंक, अन्य समूह १३.२१ अंक, डेभलपमेन्ट बैंंक समूह २३९.८९ अंक र म्युचुअल फण्ड समूह ०.१० अंकले बढेको छ ।
माइक्रोफाइनान्स समूह २०.७० अंक, होटल तथा पर्यटन समूह २.९४ अंक र निर्जीवन बीमा समूह ११.७० अंकले घटेको छ ।