उपत्यकामा एक दिनमा ६ वटा शाखा मात्रै खुल्ला हुने

काठमाडौं । काठमाडौं उपत्यकामा वाणिज्य बैंकहरुले दैनिक ६ वटा शाखा मात्रै खुला गर्ने भएका छन् । कोरोना संक्रमण बढीरहेकाले नेपाल राष्ट्र बैंकले काठमाडौं उपत्यकामा एक दिनमा ६ वटा शाखा मात्रै खुला गर्न निर्देशन दिएको हो ।
राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरुले अब काठमाडौं उपत्यकाभित्र एक दिनमा बढीमा ६ वटा, विकास बैंकले ४ वटा र वित्त कम्पनीले ३ वटा मात्रै शाखा खोल्न पाउने छन् । वाणिज्य बैंकले काठमाडौंमा ३ वटा, ललितपुरमा २ वटा र भक्तपुरमा एउटा गरी काठमाडौं उपत्यकामा जम्मा ६ वटा मात्रै शाख खोल्न पाउने छन् ।