फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ? « Arthapath.com
१० जेष्ठ २०७८, सोमबार

फेरी बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुदैँछ कारोबार ?



काठमाडौं । आज सोमबार सुनको मूल्य बढेको छ । हिजो आइतबार ३ सयले बढेको सुनको भाउ आज १ सयले बढेको हो ।

आज सुन तोलामा १ सयले बढेर प्रतितोला ९३ हजार ७ सय र तेजाबी सुन प्रतितोला ९३ हजार २०० मा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुन प्रतितोला ९३ हजार ६०० मा कारोबार भएको थियो ।

हिजो प्रतितोला ५ रुपँयाले घटेको चाँदी आज ५ रुपैयाँले बढेको छ । हिजो चाँदी प्रतितोला १ हजार ३४५ मा कारोबार भएको थियो । आज ५ रुपैयाँले बढेर प्रतितोला १ हजार ३५० मा खरिदबिक्री भइरहेको छ ।


प्रतिक्रिया दिनुहोस्