नेको इन्स्योरेन्सले गर्यो १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव « Arthapath.com
१० जेष्ठ २०७८, सोमबार

नेको इन्स्योरेन्सले गर्यो १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव



काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले शेयरधनीहरुलाई लाभाशं वितरण गर्ने पूताव गरेको छ । हिजो बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७६।२०७७ को मुनाफाबाट १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ ।

कम्पनिले चुतmा पुँजीको १५.५ प्रतिशत बोनस शेयर र बोनस शेयरमा लाग्ने कर प्रयोजनका लागि ०.८२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको एक सुचना जारी गरेर जानकारी दिएको छ ।

हाल कम्पनिको चुक्ता पूँजी एक अर्ब ३१ करोड रुपैयाँ रहेको छ । प्रस्तावित २० करोड ४२ लाख रुपैयाँको बोनस शेयर वितरणपछि एक अर्ब ५२ करोड रुपैयाँ चुक्ता पूँजी पुग्नेछ ।

प्रस्तावित लाभांश बीमा समितिको स्वीकृति पश्चात कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि शेयरधनीले पाउने छन ।


प्रतिक्रिया दिनुहोस्